‘अमेरिकी संलग्नता अन्त्य गर्न तयार छु’


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताबाट अमेरिकी संलग्नता अन्त्य गर्न आफू तयार रहेको बताएका छन्।

इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुले चाहिँ ट्रम्पको निन्दा गरेका छन्।

पारमाणविक कार्यक्रम सीमित पार्न सन् २०१५ मा भएको सम्झौताको तेहरानले पटक-पटक उल्लंघन गरेको ट्रम्पको आरोप छ।

तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले उक्त सम्झौताको इरानले पूर्ण पालना गरिरहेको बताउँदै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले इरान विरुद्ध थप नाकाबन्दी लगाउने

भविष्य

ट्रम्पले तत्काल आफूले इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताएका छन् जसअनुसार उक्त सम्झौताको भविष्यबारे अमेरिकी कंग्रेसले टुङ्गो लगाउनेछ।

पारमाणविक सम्झौतामा भएका कमीकमजोरीहरु सच्याउन आफूले कंग्रेस र अमेरिकी साझेदारहरुसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले त्यसमा सुधार नरिए बाहिरिने प्रतिबद्धता व्यक्त गरे।

रुहानी

जवाफमा इरानी राष्ट्रपति हसन रुहानीले तेहरान र अमेरिकाले मात्र नभई ब्रिटेन, रुस, फ्रान्स, चीन र जर्मनी समेतले हस्ताक्षर गरेको सम्झौतालाई ट्रम्पले एकलौटी ढंगले कसरी उल्ट्याउन सक्छन् भनी प्रश्न गरेका छन्।

टेलिभिजनमा कुरा गर्दै रुहानीले इरानको स्वार्थमा रहुञ्जेल सम्झौताप्रति प्रतिबद्ध रहने बताए।

साहसिक

युरोपेली संघ (इयु) को विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सर्वसम्मतिले अंगीकार गरेको सम्झौतालाई उल्ट्याउने कुनै एकजना राष्ट्रपतिको हातमा नरहेको प्रतिक्रिया दिएकी छन्।

उनले गम्भीर पारमाणविक खतरा रहेको समयमा इरानसँगको सम्झौताको महत्त्व अहिलेसम्मकै बढी भएको बताइन्।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानसँग भिड्ने ट्रम्पको निर्णय साहसिक भएको भन्दै उनलाई बधाई दिएका छन्।

त्यो अमेरिकाको अर्को साझेदार मुलुक साउदी अरेबियाको धारणा जस्तै सुनिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com