न्युयोर्कको क्वीन्समा अब नेपाली बुबाआमालाई दिनभर हेरचाह गर्ने केन्द्र, घरबाट ल्याउने लैजाने सुविधा


प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार

न्युयोर्कको क्विन्स स्थीत एल्महर्स्टमा नेपाली समुदायले सञ्चालन गरेको न्यू लाइफ सिनियर केयर सेन्टरले नेपाली वृद्धवृद्धाहरूलाई सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ। समुदायमै आधारित यो केन्द्रले उमेर ढल्किसकेका व्यक्तिहरूलाई सुरक्षित, आत्मीय र सम्मानजनक वातावरणमा दिनभर हेरचाहन गर्ने सुविधा दिन थालेको हो।

केन्द्रले वृद्धहरूको मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यलाई मजबुत बनाउन विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । तालिका अनुसार हुने गतिविधिहरूमा सहभागी हुँदा उनीहरू सक्रिय रहने र एक्लोपनाबाट मुक्त हुने अवसर पाउने केन्द्रको अपेक्षा छ । साथीभेट, छलफल, खेलकुद, योग, गीत संगीत र नृत्यजस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूले उनीहरूको जीवनशैलीमा नयाँ ऊर्जा भर्ने काम गरेको केन्द्रको भनाई छ ।

यस सेवामा दैनिक यातायात सुविधा उपलब्ध छ, जसअन्तर्गत बिहान घरमै गएर वृद्धवृद्धालाई ल्याइन्छ र बेलुकी सुरक्षित रूपमा घर फर्काइन्छ। केन्द्रमा पोषिलो भोजन र हल्का नास्ताको समेत व्यवस्था गरिएको छ। साथै जन्मदिन, वार्षिकोत्सव र विशेष दिनहरूलाई सामूहिक रूपमा मनाउने परम्पराले उनीहरूलाई परिवारको न्यानोपनको अनुभूति गराउने केन्द्रको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुभवी कर्मचारीहरूले सुरक्षित र आत्मीय सेवामा जोड दिएको केन्द्रका सीईओ मोहन श्रेष्ठले जानकारी दिएका छन् । बीमा योजनाहरू मान्य हुने भएकाले धेरै परिवारका लागि यो सेवा आर्थिक दृष्टिले पनि सहज भएको छ। एल्महर्स्टको मुख्य सडकमा रहेको यो केन्द्र सार्वजनिक यातायातमार्फत सजिलै पुग्न सकिने भएकाले नेपाली समुदायसहित अन्य बासिन्दाका लागि पनि यो सुविधा जीवनलाई सरल, सुरक्षित र अर्थपूर्ण बनाउन मद्दत पुगेको छ।

यो सेवाका बारेमा थप जानकारी लिन वा सम्पर्क गर्नका लागि न्यू लाइफ सिनियर केयर सेन्टरको ठेगाना ७४-१० ब्रडवे, दोस्रो तल्ला, एल्महर्स्ट रहेको छ वा फोन नम्बर (३४७) २४२-८५९४ मा सम्पर्क गर्न सकिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com