न्युयोर्कका लागि दसैँको टीकाको शुभ साइत अक्टोबर १ बिहान ११:४९ बजे, टेक्सासका लागि ११:३३


प्रकाशित मिति : आश्विन ३, २०८२ शनिबार

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टिकाको शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिको शनिबार काठमाडौंमा बसेको बैठकबाट निर्णय गरी विभिन्न देशका लागि विजयादशमीको लागि उत्तम साइतहरू सार्वजनिक गरेको हो ।

समितिका सचिव आचार्य लक्ष्मण पन्थीले विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमान अनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको बताए ।

समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे,  भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, अमेरिकाको न्युयोर्कका लागि (स्थानीय समय अनुसार) अक्टोबर १ का दिन बिहान ११ः२५ बजे, फ्र्याङ्कर्फट केन्टुकीका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकीका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको जनाएको छ ।

यस्तै, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५,  भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिका अनुसार न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, बेलायतका लागि बिहान ०९ः१७, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेका लागि बिहान १०ः०३, मलेसियाका लागि बिहान ११ः११, युएइका लागि बिहान १०ः५५ बजेको शुभ साइत रहेको छ ।

त्यस्तै, दोहा कतारका लागि बिहान १०ः१३, थाइल्याण्डका लागि बिहान १०ः४५, दक्षिण कोरियाका लागि बिहान १०ः५७, इजरायलका लागि बिहान ११ः३५, सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, म्यानमारका लागि बिहान १०ः२७, स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ समितिले जनाएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com