अमेरिकामा नेपाली दूतावास र कन्सुलेटबाट संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द
प्रकाशित मिति : भाद्र २४, २०८२ बुधबार
अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास
अमेरिकामा रहेका नेपाली दूतावास र महावाणिज्यदूतावाद्विारा आयोजित संविधान दिवस र राष्ट्रिय दिवस मनाउने कार्यक्रम रद्द गरिएको छ । नेपालमा विकसित परिस्थितिको सन्दर्भमा न्यूयोर्कस्थित नेपाल महावाणिज्य दूतावासले सेप्टेम्बर १८ मा गर्ने भनिएको राष्ट्रिय दिवसको कार्यक्रम रद्द गरेको जनाएको छ ।
न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले सेप्टेम्बर १८ दिउसो ४ बजे महावािणज्यदूतावासमै संविधान दिवस र राष्ट्रिय दिवस समारोह गर्ने तय गरेको थियो । साथै न्युयोर्क र आसपासका नेपाली समुदायका व्यक्तिहरुलाई पनि कार्यक्रमका लागि निमन्त्रणा पठाइसकेको थियो ।

त्यस्तै वासिंटन डिसीमा रहेको नेपाली दूतावालिे पनि १९ सेप्टेम्बरमा आयोजना गर्न तय भएको राष्ट्रिय दिवसको कार्यक्रम रद्द गरिएको जनाएको छ। दूतावासले पनि सेप्टेम्बर १९ को बेलुका साढे ५ बजे राजदूत निवासमा कार्यक्रम तय गरेर निमन्त्रणाहरु पठाइसकेको थियो ।
नेपालमा भएका प्रदर्शनहरु र हिंशात्मक घटनापछि यी कार्यक्रमहरु रद्द गरिएका हुन् । नेपालमा भएका हिंशात्मक घटनामा प्रदर्शनकारी र प्रहरीसहित कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ ।








