अमेरिका निवासी नेपाली काँग्रेसका नेता झुण्डिएको अवस्थामा मृत फेला


प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार

अमेरिका निवासी नेपाली काँग्रेसका नेता झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अमेरिकाको टेक्सास निवासी हरिबोल भण्डारी आफ्नै निवासमा आज मृत भेटिएका छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारी नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्यसमेत रहेका थिए । साथै उनले दुई पटक महासमिति सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले भण्डारीको निधनले नेपाली कांग्रेसले मात्र नभई सम्पूर्ण प्रवासी नेपाली समाजले एक होनहार, इमानदार र संगठनप्रति दत्तचित्त भएर लाग्ने व्यक्तिलाई गुमाएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “मैले व्यक्तिगत रूपमा पनि नजिकको मित्र गुमाउनु परेको छ, जुन निकै पीडादायी छ ।”

उनको असामयिक निधनले टेक्साससहित सम्पूर्ण अमेरिकामा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन् । नेपाली समाजभित्र अहिले शोकको वातावरण छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com