महतोको लगानीमा दक्षिण एसियाकै ठूलो मेडिकल हबको उद्घाटन


प्रकाशित मिति : आश्विन २५, २०७४ बुधबार

एनआरएनका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा निर्माण गरिएको नेपालकै सुविधा सम्पन्न अस्पतालको बुधबार उद्घाटन गरिएको छ । यो अस्पताललाई दक्षिण एसियाकै सबैभन्दा ठूलो मेडिकल हब भएको बताइएको छ । साढे सात सय शैयाको अस्पताल बनाउने लक्ष्य राखिएको अत्याधुनिक नेपाल मेडसिटी अस्पतालको उद्घाटन एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घले, एफएनसीसीआई उपाध्यक्ष चन्द्र ढकाल लगायतले संयुक्तरुपमा गर्नुभयो ।

अस्पतालले विदेशमा रहेका नेपालीका नेपालमा रहेका बुबाआमाको स्वास्थ्यउपचारका लागि विशेष प्याकेजको व्यवस्था गरेको छ । बार्षिक झण्डै १ हजार डलरको प्याकेजमा हरेक तीनमहिनामा , ६ महिना र बर्षमा गरिने उपचारका प्याकेज छन् । जन्मदिन, बुबाको मुख हेर्ने दिन, आमाको मुख हेर्ने दिन जस्ता विशेष दिनमा उपहार समेत लगिने र बुबाआमाका विदेशमा रहेका छोराछोरीहरुलाई स्वास्थ्यअवस्थाबारे तस्विरमार्फत नियमित जानकारी गराइने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा एनआरएनको ग्लोबल सम्मेलनको अवसर पारेर अस्पतालको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विश्वभरका एनआरएन नेताहरुको उपस्थीति रहेको थियो । अस्पतालमा रेनल साइन्स, कार्डिक साइन्स, न्युरो साइन्स, ग्यास्ट्रो साइन्स, क्यान्सर सेन्टर, अर्थोपेडिकलगायतका सुविधा उपलब्ध हुनेछ । अस्पतालको छतमा हेलिप्याड रहने छ भने उपचारका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ ।

अस्पतालमा १२ वटा अपरेसन थियटर सञ्चालन हुने छ । मुटुरोग र क्यान्सर रोगलाई विशेष प्राथमिकता दिइएकाले पनि मेडसिटी अस्पताल सञ्चालनमा आएपछि नेपालीहरु भारतका विभिन्न अस्पताल जाने क्रम कम हुने अपेक्षा गरिएको छ ।

मेडसिटी अस्पतालमा नेपालका चर्चित चिकित्सकहरूले सेवा दिने भएका छन् । उद्घाटन भएको केही समयपछि मात्र अस्पतालले उपचार सेवा सुरु गर्ने भएको छ ।

चक्रपथभन्दा एक किलोमिटर मात्रै दूरीमा रहेकाले पनि अस्पताल पुग्न निकै सहज हुने देखिन्छ । नेपालमा खुलेका ठूला अस्पताल प्रायः चक्रपथभित्रै छन् । तर, मेडसिटी भने सैंवु भैंसेपाटीमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com