नायग्रा फल्समा बद्री पंगेनी, प्रताप दास, एलिना चौहान र कला लम्सालको तीज विशेष, प्रवेश निशुल्क
प्रकाशित मिति : भाद्र ५, २०८२ शुक्रबार
न्युयोर्कको नायग्रा फल्समा यही आइतबार कलाकारहरु बद्री पंगेनी, प्रताप दास, एलिना चौहान र कला लम्सालका साथमा तीज विशेष कार्यक्रम हुने भएको छ। ‘फ्लाई नेपा ट्राभल्स’ को ‘अब गाउँछ अमेरिका’ कार्यक्रमअन्तर्गत अमेरिका आएका यी कलाकारहरुले नायग्रा फल्सको १ प्रस्पेक्ट स्ट्रिटमा हुने कार्यक्रममा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्।
लुक्ला हिमालयन एण्ड इन्डियन किचेन र एसडिएसएसएसको संयुक्त आयोजनामा हुने यस कार्यक्रममा प्रवेश निशुल्क रहेको आयोजक लोकनाथ अधिकारीले जानकारी दिएका छन्। कार्यक्रम साँझ ५:३० बजेदेखि ९:३० बजेसम्म हुने आयोजकले बताएका छन्।
तीजलाई नाचगान र व्रतको दिनका रूपमा मात्र सीमित नगरी यसलाई संस्कृतिको संरक्षण र सामाजिक सद्भाव बढाउने माध्यम बनाउनुपर्ने बताउँदै अधिकारीले कार्यक्रममा परम्परागत भाकाहरु, आधुनिक शैलीमा प्रस्तुत गरिएका तीज गीत, समूह नृत्य र सांगीतिक प्रस्तुति रहने जानकारी दिएका छन्।

तीज केवल रमाइलोको दिन मात्र नभई अस्तित्व र सांस्कृतिक पहिचान बोकेको पर्व भएको उल्लेख गर्दै उनले भावनात्मक रूपमा जोड्न सबैलाई निमन्त्रणा गरेका छन्।
थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।








