न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासद्वारा बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गरिने


प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार

न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले यही सेप्टेम्बर ६ देखि ७, २०२५ सम्म बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको छ। उक्त शिविरमा नेपाली राहदानी नवीकरण, एनआरएन परिचयपत्रको आवेदन, अधिकृत वारेसनामा प्रमाणीकरण, भिसा लगायतका कन्सुलर सेवाहरू उपलब्ध हुनेछन्।

साथै, महावाणिज्यदूतावासले प्रदान गर्ने अन्य सेवाका बारेमा जानकारी पनि प्राप्त गर्न सकिनेछ। बोस्टनको ४३२ म्यासाचुसेट्स एभेन्यू, अर्लिङ्टन, म्यासाचुसेट्समा हुने यो कन्सुलर सेवा शिविर शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

राहदानी नवीकरणका लागि पुरानो राहदानीको हकमा सक्कल राहदानी, नागरिकताको सक्कल वा स्पष्ट बुझिने प्रतिलिपि, अनलाइनमार्फत रितपूर्वक भरिएको आवेदन फारम, नाबालकको हकमा नाबालक परिचयपत्र, बुबाआमाको नागरिकता तथा विवाह दर्ताको प्रतिलिपि लगायतका कागजात आवश्यक पर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुल्क ३४ पेजको लागि १५० डलर, ६६ पेजको लागि २०० डलर, र नाबालकको लागि ७५ डलर लाग्नेछ। शुल्कका लागि मनी अर्डर मात्र स्वीकार गरिने महावाणिज्यदूतावासले जनाएको छ। राहदानीको लागि आवेदनबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्। साथै आफ्नो ठेगाना भएको प्रिपेड फिर्ती खाम समेत ल्याउन सूचित गरिएको छ ।

पुरानो राहदानी हराएको, च्यातिएको वा नासिएको भएमा फोटोकपी आवश्यक पर्नेछ। राहदानी नवीकरणका लागि अनलाइन फारम भरेर तोकिएको समयमा अपोइन्टमेन्ट फर्मको प्रिन्टआउटसहित आउनुपर्नेछ। यसका लागि शुल्क २२५ डलर लाग्नेछ।

त्यस्तै, अधिकृत वारेसनामाका लागि ४० डलर र एनआरएन कार्डका लागि ५२० डलर शुल्क लाग्नेछ। भिसाका लागि १५ दिनको ३० डलर, ३० दिनको ५० डलर र ९० दिनको १२५ डलर लाग्नेछ।

अधिकृत वारेशनामाका लागि चाहिने आवश्यक कागजात र थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

एनआरएन कार्डका लागि चाहिने आवश्यक कागजात र थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

भिसाका लागि चाहिने आवश्यक कागजात र थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com