अमेरिकाको टेक्सासमा गोलीकाण्ड, ३ जनाको मृत्यु


प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार

अमेरिकाको टेक्सास राज्यको अस्टिनस्थित टार्गेटको पार्किङ लटमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ।

अस्टिन प्रहरी प्रमुख लिसा डेभिसका अनुसार, स्थानीय समयअनुसार दिउँसो २:१५ बजे प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो।

प्रहरी चार मिनेटभित्र घटनास्थलमा पुगेको थियो, जहाँ उनीहरूले गोली लागेका तीन जनालाई पार्किङ लटमा फेला पारे।

अस्टिन–ट्राभिस काउन्टीको आपतकालीन स्वास्थ्य सेवाका प्रमुख रोबर्ट लक्ट्रिट्जका अनुसार, तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अर्का एक व्यक्तिलाई भने गोली नलागेको तर अन्य कारणले घाइते भएकाले उपचार गरिएको उनले बताए।

प्रहरी प्रमुख डेभिसका अनुसार, गोलीकाण्डको कारण तत्काल स्पष्ट हुन सकेको छैन। अधिकारीहरूले पीडितहरूको पहिचान सार्वजनिक गरेका छैनन्।

प्रहरी प्रमुख डेभिसले शङ्कास्पद व्यक्तिको मानसिक स्वास्थ्य र आपराधिक इतिहास दुवै रहेको बताएकी छन्।

गोलीकाण्डपछि उनले घटनास्थलबाट एउटा कार चोरेर दुर्घटना गराए र त्यसपछि अर्को भोक्सवागन गाडी हाइज्याक गरे। डेभिसका अनुसार, शङ्कास्पद व्यक्तिलाई अस्टिनको दक्षिणी भागमा टेजर प्रयोग गरी नियन्त्रणमा लिइएको थियो।

अस्टिनका मेयर किर्क वाटसनले यस गोलीकाण्डलाई “घृणित र कायरतापूर्ण हिंसा” भन्दै निन्दा गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टार्गेटले अस्टिन स्टोरमा भएको हिंसात्मक घटनाबाट आफू “स्तब्ध” भएको जनाएको छ र अनुसन्धानमा प्रहरीसँग सहकार्य गरिरहेको बताएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com