आइसद्वारा १ हजार जनशक्ति थप गर्ने घोषणा


प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार

अमेरिकी एजेन्सी आइस ले १ हजार भन्दा बढी जनशक्ति थप गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक निष्कासन अर्थात मास डिपोर्टेशनको योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी आइस ले पाएको छ ।

यसै महिनाको सुरुवातमा पारित नयाँ बजेटपछि १ हजार भन्दा बढी व्यक्तिलाई प्राथमिकरूपमा रोजगारीको प्रस्ताव गरिसकेको आइसले बताएको छ ।

एजेन्सीकी प्रवक्ता ट्रिसिया म्याकलाफ्लिन ले जारी गरेको विज्ञप्तिमा जुलाई ४ पछि आइस ले १ हजार भन्दा बढी प्राथमिक रोजगारी प्रस्तावहरू जारी गरिसकेको बताइएको छ ।

जो बाइडन सरकारको समयमा काम गर्न नपाएको असन्तुष्टिमा अवकाश लिएका आइस अफिसरहरूलाई यो अवसर सबैभन्दा बढी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अब राष्ट्रपति ट्रम्प र गृह सुरक्षा मन्त्री नोएमको नेतृत्वमा आइस फेरि काममा फर्कन पाउँदा उत्साहित छ, र समाजबाट बलात्कारी, हत्यारा, गिरोह सदस्य तथा यौन अपराधीहरूलाई हटाउने अभियानमा जुट्नेछ ” उनले भनेकी छन ।

आइस ट्रम्प प्रशासनको इतिहासकै सबैभन्दा ठूलो डिपोर्टेशन अभियान कार्यान्वयन गर्ने प्रमुख एजेन्सी हो ।

नयाँ नीति अनुसार, आइस अफिसरहरूलाई दिनको कम्तीमा ३ हजार व्यक्तिलाई पक्रने लक्ष्य दिइएको छ । जुन ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती पाँच महिनामा दैनिक ६५० थियो।

यो अभियान आप्रवासन अदालत, कार्यस्थल, बस्तीहरू र सडकहरूमा तीव्र रूपमा देखिन थालेको छ। ट्रम्पले हस्ताक्षर गरेको नयाँ कानुन अनुसार पाँच वर्षमा सीमा सुरक्षाका लागि १७० बिलियन डलर छुट्याइएको छ ।

आइस ले यसै हप्ताबाट नयाँ कर्मचारी भर्ना अभियान सुरु गरेको छ। नयाँ अफिसरहरूलाई ५० हजार डलर सम्म बोनस दिने प्रस्ताव गरिएको छ । स्टुडेन्ट लोन माफी र प्रयाप्त मात्रामा ओभरटाइम सुविधा पनि दिइने आइसले बताएको छ ।

यसरी ट्रम्प प्रशासनले कडा आप्रवासन नीतिको कार्यान्वयनमा ऐतिहासिक ढंगले बजेट वृद्धि, कर्मचारी विस्तार र डिपोर्टेशन लक्ष्य निर्धारण गर्दै अघि बढेको छ । जसले अमेरिकाको आप्रवासन प्रणालीमा ठुलो परिवर्तन ल्याउनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com