क्यालिफोर्नियामा नेपाली मृत फेला, घटनास्थलमा रगतका टाटा


प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

क्यालिफोर्नियाको अल्मेदामा एकजना नेपाली मृत फेला परेका छन् । अल्मेदा काउन्टी प्रहरीले ४५ बर्षीय रमेश कुँवरलाई उनकै अपार्टमेन्टमा आइतबार मृत फेला पारेको पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुशार उनको मृत्यु केहीदिन अगाडि नै भएको अवस्थामा भेटिएको थियो भने घटनास्थलमा रगतका टाटाहरु समेत देखिएका थिए ।

थप जानकारीका लागि खसोखासले अल्मेदा प्रहरीलाई पनि सम्पर्क गरेको छ । प्रहरीले घटनाबारे जानकारी गराउन आफन्तको खोजी गरिरहेको जनाएको छ । घटनाका सन्दर्भमा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन भने घटनामा अरु कसैको संलग्नता भएको आशंका पनि नगरिएको प्रहरीले जानकारी दिएको छ ।

कैलाली स्थायी घर भएका अविवाहित रमेश नेपालमा रहेको घरपरिवारसँग जुलाई २० देखि सम्पर्कविहिन रहेका थिए । जुलाई २० सम्म फोनकल र म्यासेज हुने गरेकोमा त्यसपछि सम्पर्क नभएको पारिवारिक श्रोतको भनाई छ ।

जुलाई २० भन्दा अगाडि दिदी र भाउजुसँग पनि फोनकल र म्यासेजमा सम्पर्क गरेका उनले दिदीसँगको कुराकानीमा आफूलाई घाँटीमा समस्या भएको र काममा नगएको बताएका थिए । २१ जुलाईमा सम्पर्क गर्दा मेसेज उनीसँग सम्पर्क हुन सकेको थिएन । परिवारले उनको मृत्यु २१ जुलाईमा नै भएको हुनसक्ने आशंका गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा रहेको घरपरिवारले उनको मृत्युको उचित छानविनका लागि आग्रह गरेको छ । अमेरिकामा उनको परिवारको कोहीपनि सदस्यहरु नरहेकाले रमेशको अन्तिम संस्कारका लागि सघाउन समेत नेपालमा रहेको परिवारले अमेरिकामा रहेको नेपाली समुदायलाई अनुरोध गरेको छ ।

रमेशका ९३ बर्षका बुबा नेपालमा नै हुनुहुन्छ भने आमाको देहवशान भइसकेको छ । त्रिचन्द्रमा इन्भायरोमेन्ट साइन्समा बीएससी गरेपछि विद्यार्थी भिसामा झण्डै १७ बर्ष अगाडि अमेरिका आएका रमेशको ग्रिनकार्ड आइसकेको थिएन भने उनले ग्रिनकार्ड प्रकृयामा रहेको परिवारलाई बताएका थिए ।

उनी सन् २०१५ पछि टीपीएसमा रहेको र गतबर्ष ट्राभल डकुमेन्टमा इन्डिया गएको समेत जनाइएको छ । नेपालीको टीपीएस अगस्त ५ बाट समाप्त हुँदै गरेको अवस्थामा उनी टीपीएसवाहेक कुन अध्यागमन स्टाटसमा थिए भन्नेबारे प्रष्ट छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com