‘उत्तर कोरियामाथि एउटै कुराले काम गर्नेछ’


प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्षौंदेखि प्योङयाङसँगको वार्ता नतिजामुखी हुन नसकेकोले उत्तर कोरियामाथि अब ‘एउटै कुराले काम गर्ने’ बताएका छन्।

ट्रम्पले ट्वीट गरेका छन्, “राष्ट्रपतिहरु तथा उनीहरुका प्रशासनले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता गरिरहेका छन् तर त्यसले नतिजा निकालेको छैन।”

यद्यपि ट्रम्पले त्यो ‘एउटै कुरा’ बारे थप खुलाएका छैनन्।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देश चर्को आरोप-प्रत्यारोपमा व्यस्त छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियालाई नष्ट गर्ने ट्रम्पको चेतावनी

उत्तर कोरिया: ट्रम्पको भाषण ‘कुकुरको भुकाइ हो’

दबाब

अमेरिकाले क्षेप्यास्त्र परीक्षणहरु रोक्नका निम्ति उत्तर कोरियामाथि दबाब दिंदै आएको छ।

हालै उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्रले बोक्न सक्ने पारमाणविक युद्धशीर्षको पनि विकास गरेको बताएको थियो।

किम

गत महिना राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफ्नो वा आफ्ना साझेदार मुलुकहरुको रक्षा गर्नुपर्ने अवस्था आए उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पारिदिने’ चेतावनी दिएका थिए।

वाशिङटनस्थित बीबीसी संवाददाता लउरा बिकर भन्छिन्, अमेरिकी नेताले शनिवार ट्वीटमार्फत अर्को रहस्यमय घोषणा गरेका छन्।

खण्डन

गत साता अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ताका लागि प्योङयाङसँग वाशिङटन ‘सिधा सम्पर्क’मा रहेको बताएका थिए।

त्यसबारे प्रतिक्रिया जनाउँदै ट्रम्पले ट्वीट गरेका थिए, “रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौँ।”

ट्रम्पले आफू र विदेशमन्त्रीबीच राम्रो सम्बन्ध रहेको बताएका छन् तर टिलर्सन कडा रुपमा प्रस्तुत हुन सक्ने उनले बताए।

आरोप

टिलर्सनले आफू र राष्ट्रपति ट्रम्पबीच मतभेद रहेको भनी यसै हप्ताको शुरुतिर सञ्चारमाध्यममा आएको खबरको खण्डन गरेका थिए।

सञ्चारमाध्यमहरुका अनुसार टिलर्सनले ट्रम्पलाई ‘मूर्ख’ भनेका थिए।

परीक्षण

हाम्रा संवाददाताका अनुसार उत्तर कोरियाबारेको ट्रम्पको पछिल्लो भनाई एउटा सामान्य टिप्पणी मात्रै हुनसक्छ तर प्योङयाङले त्यसलाई चेतावनीको रुपमा व्याख्या गर्न सक्छ।

अन्तर्राष्ट्रिय समुदायको विरोधका बावजुद उत्तर कोरियाले गत सेप्टेम्बरमा छैठौं पारमाणविक परीक्षण गरेको थियो र प्रशान्त महासागरमा अर्को परीक्षण गर्ने चेतावनी दिएको थियो।

गत महिना उत्तर कोरियालाई ‘नष्ट गरिदिने’ चेतावनी दिएका ट्रम्पले किम जङ-अनलाई ‘आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे’ भनेका थिए।

जवाफमा किम जङ-अनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको ‘कुकुरको आवाज’ को संज्ञा दिएका थिए।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com