युएई सरकारले दियो १२० जना नेपाली बन्दीलाई आम माफी


प्रकाशित मिति : ३२ असार २०८२, बुधबार

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय २० जना नेपाली बन्दीलाई आम माफी दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद अल-अदाहका अवसरमा युएई सरकारले एक सय २० जना नेपाली बन्दीलाई आम माफी दिएको हो ।

इद अल-अदाहका अवसरमा युएई सरकारले विभिन्न कसुरहरूमा जेलमा रहेका १२० जना नेपालीहरूलाई बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेकोमा नेपाली राजदूतावास अबुधाबीले युएई सरकारप्रति आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

युएई सरकारले यसअघि एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको थियो । युएई सरकारले पवित्र महिना रमजान एवम् इद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com