टीपीएसबाट विद्यार्थी भिसामा जान चाहनेलाई न्युयोर्कको एस इन्स्टिच्युटमा अवसर


प्रकाशित मिति : असार २३, २०८२ सोमबार

हाल टीपीएस (अस्थायी संरक्षित स्थिति) मा हुनुहुन्छ र आफ्नो भविष्यको स्टाटसबारे चिन्तित हुनुहुन्छ? टीपीएसबाट विद्यार्थी भिसा (एफ-वान) मा परिवर्तन गर्न चाहने नेपालीहरूका लागि न्युयोर्कको एस इन्स्टिच्युट अफ टेक्नोलोजीले उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ ।

एस इन्स्टिच्युट अफ टेक्नोलोजीमा डायग्नोस्टिक मेडिकल सोनोग्राफी, वेब तथा ग्राफिक डिजाइनजस्ता व्यावसायिक कोर्सहरूमा भर्ना हुन सकिन्छ। यी कोर्सहरू पूरा गरेपछि योग्य विद्यार्थीहरूले अमेरिकाको यूएससीआईएस समक्ष स्टाटस परिवर्तनका लागि एफ-वान भिसा आवेदन दिन सक्नेछन्।

यो संस्था अमेरिकी संघीय कानूनअन्तर्गत गैर-आप्रवासी विद्यार्थीहरूलाई भर्ना गर्न स्वीकृत छ। यहाँ दिउँसो र साँझका कक्षाहरू उपलब्ध छन्, जसले विद्यार्थीहरूको तालिका अनुसार लचिलो अध्ययनको सुविधा प्रदान गर्छ। कोर्स सम्पन्न गरेपछि योग्य विद्यार्थीहरूलाई रोजगारीका अवसरहरूमा सहयोग प्रदान गरिने प्रतिबद्धता एस इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको छ।

एस इन्स्टिच्युट अफ टेक्नोलोजीलाई अमेरिकी संघीय कानूनअन्तर्गत गैर-आप्रवासी विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न र आई-२० फारम (गैर-आप्रवासी विद्यार्थी योग्यताको प्रमाणपत्र) जारी गर्न स्वीकृति प्राप्त छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सेभिस फारम, एफ-वान भिसा आवेदन प्रक्रिया र अमेरिका तथा न्युयोर्क राज्यको जीवनशैलीमा अभ्यस्त हुन अभिमुखीकरण कार्यक्रममार्फत मार्गदर्शन प्रदान गर्छ।एस इन्स्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखी लचिलो कक्षा समयहरू प्रदान गर्छ।

थप जानकारीका लागि न्युयोर्कको क्वीन्समा रहेको कार्यालयमा (७१८) ५७५-३२२३ वा म्यानहटनमा (२१२) ६९५-९७०० मा सम्पर्क गर्न सकिन्छ। वा थप विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।

नोट:  यो एड्भटोरियल हो । यसमा जनाइएका प्रतिवद्धताप्रति खसोखास जिम्मेबार छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com