न्युयोर्कका २१ बर्षीय रिकेन आचार्यमाथि ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

न्युयोर्कका २१ बर्षीय रिकेन आचार्यमाथि ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । न्युयोर्कको लङ आइल्याण्ड फ्रैंकलिन स्क्वायर निवासी २१ बर्षका रिकेन आचार्यलाई बालिकामाथि दुव्र्यहारको आरोपमा पक्राउ गरेको थियो ।

तर आचार्यको पक्षले भने उनी निर्दोष रहेको र उनलाई फसाइएको दावी गरेको छ । आचार्यले पनि अदालतमा आफूविरूद्धका अभियोग स्वीकार गरेका छैनन् । आगामी साता अदालतमा पेश गरिने तय भएको छ भने परिवारले उनी निर्दोष सावित भएर रिहा हुने अपेक्षा गरेको छ ।

सीसीटिभी फूटेजमा पनि दुव्र्यहार पुष्टि नभएको पारिवारिक श्रोतको दावी छ । तर खसोखासले सीसीटिभी फूटेजको स्वतन्त्र रिभ्यु भने गरेको छैन । आचार्यलाई चिन्नेहरूले उनको स्वभाव नराम्रो नभएको खसोखाससँग दावी गरेका छन् । साथै आचार्यको विगतमा पनि कुनै गलत गतिविधिको रेकर्ड नरहेको पाइएको छ ।

रुजवेल्ट फिल्ड मलको सेफोरा स्टोरमा ११ वर्षीया बालिकालाई अनुपयुक्त रूपमा छोएको आरोपमा उनलाई पक्राउ गरिएको नाशा काउन्टी प्रहरीले जनाएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२१ वर्षीय रिकेन आचार्य साँझ ६ बजेतिर पसलबाट भागेका थिए । प्रहरीले अधिकारीहरूले आचार्यलाई नजिकै फेला पारेका थिए भने कुनै घटना बिना नै पक्राउ गरेका थिए । आचार्यविरुद्ध पहिलो डिग्री यौन दुर्व्यवहार र बच्चाको कल्याणलाई खतरामा पारेको अभियोग लगाइएको छ ।

उनलाई पक्राउपछि हेम्पस्टेडको अदालतमा पेश गरिएको थियो । अदालतको अभिलेख अनुशार आचार्यले हजुरआमासँगै रहेकी ११ वर्षीया बालिकाको नजिक पुगेर उनको खुट्टा नजिकैको पछाडिको तल्लो भाग निचोरेको अभियोग लगाइएको छ ।

पहिचान सुरक्षित राख्न अदालतको रेकर्डमा नाम उल्लेख नगरिएकी ती बालिकाले प्रहरीलाई उक्त घटनाले आफू अत्यन्तै डराएको तथा असहज अनुभव गरेको बताएकी थिइन् । अभियोजकहरूले आचार्यले पीडितलाई नचिनेको बताएका छन् ।

नोट : यो समाचार थप विवरण सहित अपडेट गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com