अर्जेन्टिनालाई अझ गाह्रो
प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

आश्विन २०, २०७४-सन् २०१८ को विश्वकपमा छनोट हुने अर्जेन्टिनाको सम्भावनामा शुक्रबार थप धक्का लागेको छ । लियोनल मेसीको अर्जेन्टिनाले पेरुसँग निराशाजनक गोलरहित बराबरी खेल्यो ।
दोस्रो अन्तिम चरणको छनोट खेलबाट उरुग्वे र कोलम्बियाले स्वत: छनोट हुने अवसर गुमाए । कोलम्बिया पाराग्वेको हातबाट २–१ ले पराजित रह्यो । यस्तै उरुग्वले भेनेजुएलाविरुद्ध गोलरहित बराबरी खेले ।
दक्षिण अमेरिकाबाट अहिलेसम्म रुसमा हुने विश्वकपमा छनोट हुने एक मात्र टिम ब्राजिल रहेको छ । यसअघि ब्राजिल र बोलिभियाले पनि गोलरहित बराबरी खेलेको थियो ।