उपेन्द्रको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।

पार्टीको उक्त औपचारिक धारणा संघीय फोरमले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको वरिष्ठ उपाध्यक्ष अशोककुमार राईले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com