अमेरिका निवासी तराईबासी नेपालीहरुको संस्था एन्टा अध्यक्षमा साह
प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार
अमेरिका निवासी तराईबासी नेपालीहरुको संगठन एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका एन्टाको चौथो सम्मेलनले अध्यक्षमा सुनील साहलाई चयन गरेको छ । सम्मेलन ओहायोको कोलम्बसमा भएको हो ।
साहको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम नरेश पाण्डे, महासचिवमा संगित रौनियार, कोषाध्यक्षमा नविन शाह र सदस्यहरुमा शोभा मण्डल, मधु साह र चेत नारायण यादव रहेका छन् ।
सम्मेलनले प्रमोद मिश्र, सुवोध मल्लिक, विप्लव यादव, नवल यादव र त्रिभुवन चौधरी सम्मिलित एडहक समिति समेत चयन गरेको छ । तीन महिनाका लागि चयन गरिएको यो समितिले असन्तुष्टहरुसँग छलफल गरी तीन महिनाभित्र एन्टाको विवाद समाधान गर्ने जिम्मेवारी पाएको छ ।

[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका एन्टाको चौथो सम्मेलन तस्विरमा






