न्यूूयोर्कको ब्रुकलिन पुलमा जहाज ठोक्किँदा मृत्यु हुनेको संख्या २ पुग्यो, कम्तीमा १९ घाइते


प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार

अमेरिकाको न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको एउटा ठूलो तालिम जहाज ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कम्तीमा १९ जना घाइते भएको प्रहरीले जनाएको छ।

शनिबार “कुआउटेमोएक” नामको उक्त जहाजमा दुर्घटनाका समयमा २७७ जना सवार थिए। जहाजका कप्तानले त्यसलाई मोड्ने क्रममा पावर फेल भएको र यसले ब्रुकलिनपट्टिको पुलको भागमा ठोक्किनुपरेको अधिकारीहरूको भनाइ छ।

भिडियो फुटेजमा जहाजको अग्ला मास्टहरू पुलमुनि जाँदा पुलसँग ठोक्किएको देखिन्छ। अधिकारीहरूले जनाएअनुसार मास्टहरू भाँचिएर तल डेकमा खस्दा केही क्रूमेम्बरहरू त्यहीँ उभिएका थिए।

ब्रुकलिनका बासिन्दा निक कोर्सोले दुर्घटना देखेको र त्यसपछि क्षेत्रभर त्रास फैलिएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाको क्षति र उद्धार

न्यूयोर्कका मेयर एरिक एडम्सले दुई जनाको मृत्यु भएको पुष्टि गर्दै १९ घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताएका छन ।

पुलको प्रारम्भिक निरीक्षणपछि ब्रुकलिन ब्रिज पुनः खोलिएको छ। पुलमा ठूलो क्षति नभएको बताइएको छ।

प्रहरीका अनुसार ूप्राविधिक समस्या र विद्युत् आपूर्तिमा अवरोधका कारण यो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

न्यूयोर्क तटरक्षक बलले जहाजका सबै तीनवटा मास्टहरू नष्ट भएको जनाएको छ। जहाजमा सवार कोही पनि पानीमा नपरेको अधिकारीहरुले बताएका छन ।

जहाज पुलसँग ठोक्किँदा नदी किनारामा रहेका मानिसहरू भागेका थिए।

मेक्सिकोको प्रतिक्रिया र जहाजबारे विवरण

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले दुर्घटनामा दुई नौसेना सदस्य गुमाउनु पर्दा अत्यन्त दुःखी भएको जनाइन्। दुर्घटनापछि “कुआउटेमोएक” जहाजलाई उक्त स्थानबाट तानेर हटाइएको छ।

यो जहाज २९७ फिट लामो र ४० फिट चौडा रहेको मेक्सिकन नौसेनाले जनाएको छ।

सन् १९८२ मा पहिलो पटक समुद्रमा यात्रा गरेको यस जहाजले प्रत्येक वर्ष नौसेनिक विद्यालयका विद्यार्थीहरूको तालिम अन्त्य गर्न समुद्र यात्रा गर्ने गर्दछ।

यस वर्ष उक्त जहाज ६ अप्रिलमा मेक्सिकोको अकापुल्को बन्दरगाहबाट प्रस्थान गरेको थियो। यसको अन्तिम गन्तव्य आइसल्याण्ड तोकिएको थियो।

प्रहरी अनुसार जहाजको मास्टको उचाइ १५८ फिट थियो । न्यूयोर्क यातायात विभागको वेबसाइटअनुसार ब्रुकलिन पुलको केन्द्रीय भागको उचाइ १३५ फिट मात्र रहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com