अमेरिकामा पक्राउ परेकी न्यायाधीशलाई मुद्दा चलाइयो, कैद सजायको संभावना


प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार

अमेरिकाको विस्कन्सिन राज्यकी न्यायाधीशलाई आप्रवासन अधिकारीहरूबाट मेक्सिकन नागरिकलाई उम्काउन सहयोग गरेको आरोपमा मुद्धा चलाइएको छ ।

आप्रवासन अधिकारीहरूलाई धोका दिई एक मेक्सिकन नागरिकलाई पछाडिको ढोकाबाट भाग्न सहयोग गरेको आरोपमा उनलाई मुद्दा चलाइएको हो ।

मिल्वाकी काउन्टी सर्किट न्यायाधीश हान्ना डुगनलाई अप्रिल महिनामा गिरफ्तार गरिएको थियो। अब, एक संघीय ग्र्यान्ड ज्यूरीले उनीविरुद्ध दुईवटा आपराधिक अभियोगको स्वीकृति दिएको छ । उनलाई अव कैद सजाय हुन सक्छ।

यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनविरुद्धको कठोर अभियानको अर्को चरणका रूपमा हेरिएको छ । यसले डेमोक्र्याटहरूबाट तीव्र आलोचनाको सामना गरिरहेको छ । डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि न्याय प्रणालीमाथि हमला गरिरहेको आरोप लगाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधीश डुगनका कानुनी प्रतिनिधिहरूले उनी आफ्नो पदको औपचारिक कार्यक्षेत्रमा गरेका कार्यको कारण कानुनी प्रतिरक्षा अन्तर्गत संरक्षण प्राप्त गर्ने दाबी गरेका छन्।

बुधबार दायर गरिएको मुद्दा खारेजको निवेदनमा, उनको कानुनी टोलीले उनी कुनै सामान्य आपराधिक प्रतिवादी नभएको उल्लेख गरेको छ । १८ अप्रिलमा एदुआर्दो फ्लोरेस रुइज नामक मेक्सिकन नागरिक, जसविरुद्ध तीनवटा सामान्य आक्रमणको आरोपमा मिल्वाकी अदालतमा सुनुवाइका लागि उपस्थित भएका थिए।

त्यही समयमा एफबीआई, यूएस इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट र ड्रग एनफोर्समेन्ट एजेन्सी का ६ जना अधिकारीहरू उनलाई गिरफ्तार गर्न अदालतमा पुगेका थिए।

एफबीआईद्वारा दायर गरिएको मुद्धामा जब न्यायाधीश डुगनलाई उनीहरूको उपस्थिति थाहा भयो, उनी दृश्य रूपमा रिसाएको देखिइन् र यो अवस्था मूर्खतापूर्ण हो भन्दै कुर्सी छाडेर आफ्नो चेम्बरमा गइन्।

अदालतको गल्लीमा गिरफ्तारी वारन्टको प्रकारको विषयमा विवाद भएपछि, डुगनले ती अधिकारीहरूलाई प्रमुख न्यायाधीशकहाँ जान निर्देशन दिइन्, त्यसबीचमा उनले आरोपी फ्लोरेस रुइज र उनको वकिललाई जूरी सदस्यहरू प्रयोग गर्ने पछाडिको ढोका हुँदै बाहिर जान अनुमति दिएको मुद्धामा उल्लेख गरिएको छ ।

दुईजना संघीय एजेन्टले यो घटनाक्रमलाई देखेका थिए। फ्लोरेस रुइजलाई सन् २०१३ मा अमेरिका बाट निष्कासित गरिएको बताइएको छ । अदालत भवनबाट उम्कन सफल भए पनि केही मिनेटमै उनलाई पुनः गिरफ्तार गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com