राजीनामा दिए अमेरिकाका यि खर्चिला मन्त्रीले


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

अति खर्चिलो भ्रमण गरेको भन्दै अलोचना खेपिरहेका अमेरिकी स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा तत्काल राष्ट्रपति डोनाल्ड  ट्रम्पले स्वीकृत समेत गरेका छन् ।

मन्त्री पदमा नियुक्त भएपछि गत मे महिनादेखि हालसम्म टम प्राइसले छब्बीस पटक र यस महिनामा एकै हप्ताभित्र पाँच पटकसम्म निजी क्षेत्रका अति खर्चिला जेट विमान चार्टर गरी यात्रा गरेको भन्दै सबैजसो अमेरिकी सञ्चार माध्यमहरुले तीब्र आलोचना गरेका थिए ।
अमेरिकी सञ्चार माध्यमका अनुसार वेबसाइट, पोलिटिकोका अनुसार प्राइसले आफ्नो यात्रामा मात्र १० लाख अमेरिकी डलर भन्दा बढी सरकारी रकम खर्च गरिसकेका छन् ।
यसमध्ये सेना तथा निजी क्षेत्रका जेट बिमान चार्टर गर्दा राष्ट्रको ढुकुटीबाट चार लाख डलरभन्दा बढी रकम खर्च भएको स्वास्थ तथा मानवीय सेवा मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको आरोपमा सञ्चार माध्यमहरुले उनको तीब्र आलोचना गरेपछि प्राइसले नैतिकताको आधारमा राजिनामा दिएका हुन् ।
साथै, निजी क्षेत्रका विमान चार्टर गर्दा लागेको लागत खर्चमध्ये दामासाहीका हिसाबले आफ्नो सीटको अंश, करीब ५२ हजार अमेरिकी डलर बेहोर्ने प्रतिवद्धता समेत उनले जनाएको उक्त मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
प्राइसले आफ्नो यात्राको क्रममा यति धेरै रकम खर्च गराइ सकेकोमा राष्ट्रपति ट्रम्पले आफू निराश बनेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति ट्रम्प प्रशासनबाट राजिनामा दिने वरिष्ठ मन्त्रीहरुमध्ये उनी पहिलो हुन् । उनको बारेमा सरकारी ढुकुटीको दुरुपोगसम्बन्धी आरोप थियो ।
राष्ट्रपति ट्रम्पले भर्जिनियाका डन जे. राइटलाई कायममुकायम स्वास्थ्यमन्त्रीको रुपमा नियुक्त गरेका एक विज्ञप्तिमार्फत ह्वाइट हाउसका प्रेस सचिवले जनाएका छन् ।
डन जे. राइट स्वास्थ उप–सहायक मन्त्री एवम् रोग नियन्त्रण तथा स्वास्थ्य प्रबर्धन निर्देशनालयका निर्देशकको पदमा कार्यरत थिए ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com