कार उत्पादक कम्पनीमाथिको कर वृद्धिमा नरमपन ल्याउने अमेरिकी निर्णयलाई मेक्सिकोको स्वागत


प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

कार उत्पादक कम्पनीमाथिको कर वृद्धिमा नरमपन ल्याउने अमेरिकी निर्णयलाई मेक्सिकोले स्वागत गरेको छ । यो व्यापार युद्ध रोक्ने प्रयासमा एक सकारात्मक कदम हुनसक्ने मेक्सिकोले जनाएको छ ।

“यो प्रगति हो,” ट्रम्पको आयात शुल्कको बिषयमा बढी चर्चामा आएकी मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले आफ्नो बिहानको पत्रकार सम्मेलनमा भनिन् ।

“नयाँ नियमले मेक्सिकोलाई संयुक्त राज्य अमेरिका र क्यानडासँगको स्वतन्त्र व्यापार सम्झौताका कारण ‘अतिरिक्त प्रतिस्पर्धात्मक लाभ’ प्रदान गर्नेछ,” उनले भनिन् ।

ट्रम्पले मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सवारी साधन, स्टिल र आल्मुनियममा लगाएको करको प्रभावलाई आंशिकरूपमा सीमित गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शेनबामका अनुसार केही पार्टपुर्जाहरू संयुक्त राज्य अमेरिकामा मात्र नभई मेक्सिको वा क्यानाडामा उत्पादन गरिएको छ भने सवारी साधनको शुल्क कम हुनेछ।

“यो धेरै महत्त्वपूर्ण छ किनभने यसले फेरि एक पटक संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौताको मूल्यलाई मान्यता दिन्छ,” उनले थपिन ।

निर्माताहरूका अनुसार सवारी साधनका पाटप्रर्जाहरूले ‘एसेम्बली’ प्रक्रियाको क्रममा धेरै पटक अमेरिका–मेक्सिको सीमा पार गर्छन्।

सिद्धान्ततः मेक्सिकोलाई उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताद्वारा अमेरिकी करहरूबाट जोगाउनु पर्दछ जुन ट्रम्पको पहिलो कार्यकालको दौडान पुनः वार्ता गरिएको थियो।

ट्रम्पले मेक्सिकोलाई ‘पारस्परिक कर’ को सामना गर्ने राष्ट्रहरूको सूचीबाट हटाइए पनि यसका कार निर्माताहरूका साथै स्टिल र आल्मुनियम निर्यातकर्ताहरूले अझै पनि करको सामना गरिरहेका छन्।

सन् २०२३ मा मेक्सिकोले चीनलाई पछि पार्दै संयुक्त राज्य अमेरिकासँग सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा काम गरेको थियो, यसले आफ्नो निर्यातको ८० प्रतिशतभन्दा बढी खरिद गर्दछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com