पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ ।

पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभयो ।

हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान सुरु गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।

यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यसको निरन्तरताका लागि प्रदेश सरकारका तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा ‘कनेक्टीभिटी’को भूमिका हुने बताउँदै उहाँले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्सको प्रशंसा गर्नुुभयो । उहाँले भन्नुभयो, “चुनौती बाँकी रहे पनि, सरकारी सहयोगले तिनीहरूलाई सम्बोधन गर्न सकिन्छ । गण्डकी सरकार पोखरामा हिमालय एअरलाइन्स्को सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान सुरु भइसकेका अवस्थामा पर्यटकलाई पोखरा आउँ आउँ लाग्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । हिमालय एअरलाइन्स्ले पोखरा–ल्हासा मार्गमा साप्ताहिक उडानको सफलतापूर्वक स्थापना गरेको बताउँदै उहाँले आगामी दिनमा एअरलाइन्स्को उडान सञ्चालनलाई विस्तार गर्ने दिशामा लाग्न शुभकामना व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडानलाई नियमित गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । पोखराबाट पहिलो निर्धारित तालिका, उडान सेवा र १४औँ अन्तरराष्ट्रिय उडान प्रदान गरेकामा हिमालय एयरलाइन्स् प्रति धन्यवाद व्यक्त गर्दै उहाँले ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत पुग्ने बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुुन्दर नगर पोखरामा सुरु भएको व्यवसायिक उडानले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल र चीन बीचको ७० वर्षको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिदै उहाँले निर्धारित अन्तरराष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको उल्लेख गर्नुभयो ।

हिमालय एयरलायन्सका अध्यक्ष झोउ एनयोङले ऐतिहासिक उडान हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि ठूलो सफलता भएको बताउनुुभयो । यसले पोखरालाई प्रमुख अन्तरराष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवर्द्धन गर्ने बताउनुभयो । उहाँले यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण पहल भएको धारणा राख्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले हिमालय एअरलाइन्स्लाई पोखराबाट उद्घाटन र निर्धारित उडान दुवै सञ्चालन गर्ने पहिलो एअरलाइन्स् भएकोमा बधाई दिनुभयो । उहाँले पोखराका पर्यटन व्यवसायी र सरोकारवालाहरूलाई पोखरा–ल्हासा मार्गलाई सफल बनाउन सहयोगको अनुरोध गर्नुभयो ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताउनुभयो ।

हिमालय एअरलाइन्स्ले सधैँ चीनमा नयाँ गन्तव्यहरू खोज्दै आएको र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको उल्लेख गर्दै उहाँले यो नयाँ रुटको सुरुवातसँगैै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com