अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक


प्रकाशित मिति : आश्विन ८, २०७४ आईतबार

अमेरिकी बमवर्षक र युद्ध विमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले उडाइएका छन्।

शक्ति प्रदर्शनबमवर्षकहरुले उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा शक्ति प्रदर्शन गरेका छन्

२१ औं शताब्दीमा अमेरिकी युद्ध विमान या बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो।

प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ।

संयुक्त राष्ट्र संघमा कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प “आत्मघाती” लक्ष्य लिएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरोप प्रत्यारोप

विदेश मन्त्री रि योङ होले राष्ट्र संघको महासभामा दिएको भाषण राष्ट्रपति ट्रम्पकै नक्कल जस्तै थियो किनभने राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई संबोधन गर्दै कोरियाली नेता किम जङ अनलाई “आत्मघाती लक्ष्य लिएको रकेट मान्छे” भनेका थिए।

विदेश मन्त्री रिले ट्रम्पले आफूहरुको ‘अपमान’ गरेको उल्लेख गर्दै भने, “मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका छन् जसले गर्दा उत्तर कोरियाली रकेट अमेरिकी मुल भूमिमा पुर्याउनु अपरिहार्य बनेको छ।”

विदेश मन्त्रीले थपे, “ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ।” ट्रम्पले आफू र आफ्ना समर्थक मुलुकहरुलाई खतरा पुर्याए उत्तर कोरिया पूर्ण रुपमा ध्वस्त बनाउने बताएका थिए।

उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केही अघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो।

पेन्टागनले जारी गरेको विज्ञप्तीमा भनिएको छ- “यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो।”

“सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।”

बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com