असिना र वर्षाका कारण अफगानिस्तानमा २९ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

(FOCUS)CHINA-HEAVY RAINFALL-FLOOD-RESCUE (CN)

अफगानिस्तानमा असिना र वर्षाका कारण २९ जनाको मृत्यु भएको छ । दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन ।

पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भएको प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले जानकारी दिए ।
दक्षिणी कान्दाहारमा स्थानीय विपद् व्यवस्थापन विभागले भारी वर्षाका कारण विभिन्न स्थानमा महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको बताएको छ ।

दशकौँसम्मको युद्धपछि विश्वका सबैभन्दा गरिब देशमध्ये अफगानिस्तान विशेष रूपमा जलवायु परिवर्तनको प्रभावमा परेको छ ।

वैज्ञानिकहरूका अनुसार यस मुलुकमा चरम मौसमी घटनाहरू बढिरहेका छन् । यो जलवायु परिवर्तनप्रति सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्र विकास एजेन्सीका अफगानिस्तानस्थित प्रतिनिधि स्टिफेन रोड्रिक्सले सन् २०२३ मा खडेरी, बाढी, भूमि क्षरण र कृषि उत्पादकतामा गिरावट प्रमुख खतराहरू रहेको बताउनुभएको थियो ।

गत वर्ष मे महिनामा आएको आकस्मिक बाढीले अफगानिस्तानमा सयौँ मानिसको ज्यान लिएको थियो । कृषि भूमिको ठूलो भाग डुबानमा परेको थियो । त्यहाँ ८० प्रतिशत मानिस बाँच्नका लागि खेतीमा निर्भर छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com