हमासले शनिबार ६ जना इजरायली बन्धकलाई मुक्त गर्ने


प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

Palestinian Hamas fighters escort Israeli hostages (L-R, holding certificates) Ohad Ben Ami, Or Levy and Eli Sharabi on a stage before handing them over to a Red Cross team in Deir el-Balah, central Gaza, on February 8, 2025. Hamas militants handed over three Israeli hostages on February 8, as part of the fifth exchange under a fragile Gaza ceasefire, with 183 prisoners held by Israel due to be released later in the day. (Photo by Eyad BABA / AFP)

प्यालेस्टिनी लडाकु समुह हमासले शनिबार ६ जना बन्धकलाई मुक्त गर्ने भएको छ ।

उसले बन्धक भएकै अवस्थामा मारिएका ४ जनाको शव बिहिबार इजरायललाई हस्तान्तरण गर्नेछ ।

हमासका एकजना प्रमुख नेताले युद्धविरामको पहिलो चरण अन्र्तगत ति बन्धक र शवहरु हस्तान्तरण गर्न थालिएको बताएका हुन ।

इजरायलले गाजा क्षेत्रमा मोवाइल घर बनाउन र घर र निर्माण सामग्री ल्याउन दिएको अनुमतिपछि हमासले यो निर्णय लिएको हो ।

शनिबार मुक्त गरिन लागिएका ६ जना बन्धक युद्धविरामको पहिलो चरणमा मुक्त गर्न लागिएका अन्तिम जिवित बन्धकहरु हुनेछन ।

हमासले गत हप्ता मोबाइल घर र निर्माण उपकरणको अनुमति नदिएमा बन्धकहरूको मुक्तिको प्रक्रिया रोक्ने धम्की दिएको थियो।

हमासले अझै ६० बन्धकलाई राखिरहेको छ । जसमा आधा मृत रहेको विश्वास गरिएको छ। युद्धविरामको यो चरण मार्चको सुरुतिर सकिनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com