कंगोको दोस्रो ठूलो शहर बुकावु विद्रोहीको कव्जामा


प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

लोकतान्त्रिक गणतन्त्र कंगोका विद्रोहीहरुले दोस्रो ठूलो शहर कव्जा गरेका छन । उनीहरुले दोस्रो ठूलो शहर बुकावु मा प्रवेश गरेर त्यहाँका क्षेत्रीय गभर्नरको कार्यालय कव्जा गरेका छन ।

उक्त शहर विद्रोहीले कव्जा गरेको दोश्रो ठूलो शहर हो । यसअघि उनीहरुले मुख्य शहर गोमा कव्जा गरेका थिए ।

बुकाबु शहर खनिज सम्पदाले धनी शहर हो । रुवाण्डा समर्थित एम २३ लडाकुहरुलाई केहि मानिसहरुले सडकमा उभिएर स्वागत गरेका थिए ।

उनीहरु कुनै प्रतिरोध बिना नै प्रबेश गरेका छन । कंगो सरकारले आक्रमणकारीहरुबाट जोगिन सर्बसाधारणसँग अपिल गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्र संघ र युरोपेली राष्ट्रहरूले हजारौं मानिसहरूलाई आफ्ना घरहरूबाट भाग्न बाध्य बनाउने र क्षेत्रीय युद्धको सम्भावना बढाउने गतिबिधि बन्द गर्न अपिल गरेका छन ।

संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रमले लगभग ७ हजार टन खाद्यान्न भएको गोदाम लुटिएको बताएको छ ।

लगभग दुई मिलियन जनसंख्या रहेको यो शहर किवु तालको दक्षिणी किनारमा रहेको छ ।

यो शहर रुवाण्डासँगको सीमा नजिक पनि छ । यो स्थान स्थानीय खनिज व्यापारको महत्त्वपूर्ण ट्रांजिट प्वाइन्ट हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com