‘धेरै स्थानमा तारजालीभित्र मतगणना’


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

प्रदेश नं. २ मा मतपेटिकाको सुरक्षा तथा मतगणनामा बाधा नपुगोस् भनेर वीरगञ्ज महानगरपालिकासहित धेरै मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले बताएका छन्।

स्थानीय तहको चुनाव अन्तर्गत भरतपुर महानगरपालिकामा मतगणना क्रममा मतपत्र च्यातिएपछि अअले सुरक्षा सजगता अपनाइएको छ।

पर्साका निर्वाचन अधिकारी होमनाथ पराजुलीले भने, “भरतपुर प्रकरणले पाठ सिकाएकाले वीरगञ्ज महानगरपालिकाको मतगणनास्थलमा तारजालीको व्यवस्था गरिएको छ।”

हाललाई संवेदनशील देखिएका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको भए पनि आवश्यक परेको खण्डमा सबैमा तारजाली लगाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तयारी

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले रौतहटमा पनि अधिकांश मतगणना स्थलमा तारजाली लगाइएको बताए।

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई सुरक्षाका सम्पूर्ण उपाय अपनाउन भनेकाले मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

मतदान

उनले भने, “‘हामीले सुरक्षाका आवश्यक सबै उपाय अपनाउन भनेका छौँ।”

सोमवार सम्पन्न मतदानमा सहभागी मतदाताहरुको ‘अमूल्य’ मतको सुरक्षाका लागि भन्दै तारजाली लगाउने लगायत उपाय अपनाइएको आयोगले जनाएको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com