बेलायती प्रधानमन्त्री स्टार्मरले किन एचआईभी परीक्षण गरे ?


प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले विश्वका नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह गरेका छन ।

एचआइभीको परीक्षण गरेको भिडियो सार्वजनिक गर्दै बेलायती प्रधानमन्त्री तथा जी–७ राष्ट्रका नेता केइर स्टार्मरले विश्वका अन्य नेतालाई एचआईभी परीक्षण गर्न आग्रह गरेका हुन ।

नेताले प्ररीक्षण गर्दा यसको प्रभाव सहजै जनतामा पर्ने र उनीहरूले पनि यसलाई पछ्याउने उनको धारणा रहेको छ । बेलायती प्रधानमन्त्री कार्यालयले एचआईभी परीक्षणलाई प्रोत्साहित गर्न एक हप्ता लामो राष्ट्रव्यापी पहलको थालनी गरेको छ ।

यो पहलको समर्थनमा स्टार्मरले डाउनिङ स्ट्रिटमा ‘र्यापिड होम टेस्ट’ पूरा गरेको फुटेज सोमबार सार्वजनिक गरेको थियो ।

युके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) का अनुसार इङ्ग्ल्याण्डमा अनुमानित ४ हजार ७०० व्यक्ति एचआईभी सङ्क्रमित भएर बाँचिरहेका छन् ।

स्टार्मरले डिसेम्बरमा आफ्नो सरकारले सन् २०३० सम्ममा इङ्ल्यान्डमा नयाँ एचआईभी केसहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०३० सम्ममा नयाँ एचआईभी सङ्क्रमण अन्त्य गर्ने बेलायतले लक्ष्य राखेको छ ।

बेलायतमा यो हप्ताभरी राष्ट्रव्यापी रूपमा कसैले पनि निःशुल्क एचआईभी परीक्षणको माग गर्न सक्दछ । माग अनुसार घरमा नै आफ्नो परीक्षण गर्न मिल्ने दुई प्रकारका एचआइभी परीक्षण किटहरू उपलब्ध हुनेछन् ।

एउटाले १५ मिनेटभित्र नतिजा दिन्छ भने अर्को ‘सेल्फ स्याम्पलिङ’ किटलाई नतिजाका लागि प्रयोगशालामा पठाउन सकिन्छ । यसले भिरिङ्गीको पनि परीक्षण गर्न सकिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com