२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

इरानी राष्ट्रपतिले भने : अमेरिकाले घुँडा टेकाउन खोजिरहेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आरोप लगाएका छन ।

सन् १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना र शाह मोहम्मद रेजा पहलवीको सत्ताच्युत भएको इस्लामिक क्रान्तिको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले इरानविरूद्ध अमेरिकी नेतृत्व लागिपरेको दावी गरे ।

इरान वार्ता गर्न चाहन्छ तर ट्रम्पले इरानी क्रान्तिलाई घुँडा टेकाउन सबै षडयन्त्रमा हस्ताक्षर गरिरहेका छन उनले भने ।

ट्रम्पले यसै महिनाको सुरुमा तेहरानविरुद्धको प्रतिबन्ध पुनस्र्थापना गरेको राष्ट्रपति पेजेस्कियनले बताए ।

“हामी युद्धको खोजीमा छैनौँ”, “तर इरान कहिल्यै पनि विदेशीका अगाडि झुक्ने छैन ” उनले भनेका छन ।

अमेरिकाले ‘विभाजन’ को बीजारोपण गरेर इरानलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै पेजेशकियानले “यदि हामी एक साथ अघि बढ्यौँ भने देशको सबै समस्याहरू समाधान गर्न सक्षम छौँ ” भनेका छन ।

सन् २०२१ मा समाप्त भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानविरुद्ध ‘अधिकतम दबाब’ को नीति लिएका थिए ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।