गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गरेका जपेटामाथि महिला हत्याको अभियोग


प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार

अमेरिकाको न्यूयोर्क अदालतले सबवे ट्रेनभित्र आगो लगाएर महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाईे हत्या अभियोग लगाइएको छ ।

सेबास्टियन जपेटालाई महिलाको लुगा जलाउदै आफ्नो कमिज हल्लाएर आगो थप बल्ने गरि प्रयास गरेको आरोप लगाइएको छ ।

जसका कारण महिला पूर्ण रूपमा आगोमा पोलिएको आपराधिक उजुरीमा उल्लेख छ ।

३३ वर्षीय जपेटामाथि पहिलो र दोस्रो श्रेणीको हत्या र आगजनीको आरोप लगाइएको छ । सोमबार भएको आक्रमणको मामिलामा उनलाई शुक्रबारको अर्को अदालतमा उपस्थिति नहुँदा सम्म हिरासतमा नै राखिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क पुलिस आयुक्त जेसिका टिशले आइतबारको घटनालाई कसैले अर्को व्यक्तिलाई गर्न सक्ने सबैभन्दा अमानवीय अपराधमध्ये एक भनेर बताएकी छिन् ।

उनका अनुसार ति महिला ब्रुकलिनस्थित एक स्थिर एफ ट्रेनमा थिइन् । जब एक पुरुषले लाइटर प्रयोग गरेर उनको कपडामा आगो लगाइ दियो केही सेकेन्डमै उनको शरीर पूर्ण रूपमा आगोमा जलेको थियो ।

घटनापूर्व दुवै बीच कुनै कुराकानी नभएको बताइएको छ । प्रहरीका अनुसार ती दुईले एकअर्कालाई चिनेका पनि थिएनन्।

जपेटा सन् २०१८ मा गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गरेका थिए । उनलाई गिरफ्तार गरी फिर्ता पठाइएको थियो । तर उनी पुनः गैरकानुनी रूपमा अमेरिकामा फर्किएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com