एनपीएलको लागि टिकट मूल्य सार्वजनिक, उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भिआइपीतर्फ ७००


प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

यहीँ मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि टिकट मूल्य तोकिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलको लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ ।

त्यस्तै, लिग चरणका अन्य खेलहरूको लागि सामान्यतर्फ तीन सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तय गरिएको छ ।

एनपीएलको प्लेअफका खेल गर्न दर्शकहरूले सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, फाइनल खेलको लागि भने सामान्यतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।

सिजनल पासको हकमा भने २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार ४ सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ टिकटको मूल्य राखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com