टर्कीमा ‘कू’का विरुद्ध अझै कारबाही जारी


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

आङ्करा, २७ भदौ । टर्कीमा यहाँको गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ व्यक्तिलाई पक्राउ सूचना जारी गरिएको छ ।

टर्कीका सरकारी सञ्चार माध्यमले सो जानकारी दिएका छन् ।

सरकारी समाचार समिति अनाडोलुले मङ्गलबार टर्की सरकारले ती कर्मचारीलाई पक्राउका लागि पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको हो ।

यहाँको सरकारले उसका विरुद्ध गत वर्ष गरिएको कूको प्रयासका विरुद्धमा त्यसमा संलग्नताको आशङ्का देखाउँदै हजारौँ नागरिकलाई पक्राउ गरिसकेको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com