राष्ट्रपतिमा विजयी भएको ट्रम्पको घोषणा , औपचारिक घोषणा हुन भने बाँकी


प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

Republican presidential candidate former President Donald Trump waves to supporters after speaking at a campaign rally in Harrisburg, Pa., Wednesday, July 31, 2024. (AP Photo/Matt Rourke)

अमेरिकामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गर्नुभएको छ । फ्लोरिडामा जीते पछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफु विजयी भएको घोषणा गर्नुभएको हो । ट्रम्पले भन्नुभयो अमेरिकालाई महान बनाउन मद्धत गर्नेछु । ट्रम्पले यो अमेरिकाका लागि स्वर्ण युग हुने बताउनु भएको छ ।

उहाँले भन्नुभयो यो अमेरिकी जनताको लागि शानदार जीत हो । जसले हामीलाई अमेरिका पुनः महान बनाउन सक्षम बनाउनेछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ ट्रम्पले भन्नुभयो ।

ट्रम्पको चुनावी नारा : मेक अमेरिका ग्रेट अगेन, अर्थात् अमेरिका पुनः महान बनाउनु भन्ने रहेको थियो । ट्रम्पले आफ्नो जीतको घोषणा गरिसकेको भएपनि यसको आधिकारिक घोषणा भने भएको छैन।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा लगातार नभएपनि दोश्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नुहुनेछ । २०१६ मा राष्ट्रपति पदमा बिजयी हुनुभएका ट्रम्प २०२० मा जो बाइडेन संग पराजित हुनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ भन्दा अघिका राष्ट्रपतिहरुले लगातार दोश्रो कार्यकाल पुरा गरेका थिए । बर्तमान राष्ट्रपति जो बाइडेन दोश्रो कार्यकालका लागि भएको उम्मेदवारी नै त्याग गर्नुभएको थियो । बाइडेनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रयाटसहरुले चुनावी मैदानमा उतारेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com