अमेरिकामा राष्ट्रपति चुनाव : पहिलो स्विङ राज्यको नतिजा ट्रम्पको पक्षमा
प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

(COMBO) This combination of pictures created on November 4, 2024 shows former US President and 2024 presidential hopeful Donald Trump in Waterloo, Iowa, on December 19, 2023 and US Vice President and Democratic presidential candidate Kamala Harris in Philadelphia, Pennsylvania on November 4, 2024. (Photo by KAMIL KRZACZYNSKI and ANDREW CABALLERO-REYNOLDS / AFP) / XGTY
अमेरिकामा राष्ट्रपति पदका रिपल्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महत्वपूर्ण राज्य उत्तर क्यारोलिनामा जित हात पार्नुभएको छ । यो पहिलो स्विङ राज्यको नजिता हो । जसका कारण उहाँलाई १६ इलेक्ट्रोरल मत प्राप्त भएको छ ।
यो जीतले आवश्यक २७० इलेक्ट्रोरल मतहरू सुरक्षित गर्ने बाटोमा ट्रम्पलाई अघि बढाएको छ ।
तर धेरैजसो अन्य स्विंग राज्यहरूमा नतिजा अझै आउन बाँकी छ । जसले गर्दा परिणाम कमला ह्यारिसको पक्षमा पनि जान सक्ने सम्भावना छ ।
विस्कन्सिन, पेन्सिल्भेनिया, र मिशिगन जस्ता राज्यहरुमा चुनाव जितेमा नतिजा बदलिन पनि सक्नेछ ।
उत्तर क्यारोलिनाको जित रिपब्लिकनका लागि ठूलो सफलता हो । ट्रम्पले उत्तर क्यारोलिनामा २०१६ र २०२० मा जित्नु भएको थियो । तर अन्तर भने घटिरहेको थियो ।
उत्तर क्यारोलिनामा अन्तिमपटक डेमोक्रेटिक उम्मेदवार बाराक ओबामाले सन २००८ मा चुनाव जित्नु भएको थियो । तर ओबामा २०१२ मा पुनःनिर्वाचनमा रिपब्लिकन उम्मेदवार मिट रोम्नी संग पराजित हुनुभएको थियो ।
यो जीतसंगै ट्रम्पले २३० इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति पदमा विजयी हुनका लागि २७० मत आवश्यक छ । मतगणना जारी रहेका राज्यहरुमा तिब्र प्रतिश्पर्धा भइरहेको छ ।