प्रधानमन्त्री ओलीद्वारा बुबाको हातबाट विजयादशमीको टीका ग्रहण


प्रकाशित मिति : आश्विन २६, २०८१ शनिबार

काठमाडौँ, २६ असोजः प्रधानमन्त्री ओलीद्वारा शनिबार आफ्नो बुवा मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण ः सौजन्य तस्बिर ः प्रधानमन्त्री सचिवालय÷रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।

साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उहाँको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com