कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो


प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार

कुलेखानी जलाशय हेटौंडा(मकवानपुर), ११ असोज : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी जलाशयको आज साँझको दृश्य । अविरल वर्षाका कारण जलाशय भरिएको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ । तस्बिर : अञ्जली थापा/रासस

कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कुलेखानीको जलाशयमा कूल एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार पाँच सय ३१ मिटर पानी भरिएरको थियो । पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका ४ दशमल ५ मिटर खोलिएको थियो ।

ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार पाँच सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताउनुभयो । वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले जोखिमको आधारमा थप कुलेखानीको जलाशयको ड्यामका ढोका अझै खोल्नुपर्ने अवस्था देखिनसक्ने भएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन आग्रह गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढीपहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था रहन लगाइएको जानकारी दिनुभयो । साथै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com