बजार अनुगमनमा राजस्व विभागले सहयोग गरेन : आपूर्तिमन्त्री


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

विराटनगर : आपूर्तिमन्त्री शिवकुमार मण्डलले बजार अनुगमनका लागि राजस्व विभागले आवश्यक सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मण्डलले संयुक्त अनुगमन गर्ने आपूर्ति मन्त्रालयको प्रस्तावमा राजस्व विभागले नमानेको बताए।

‘बजार अनुगमनका लागि संयुक्त टोली बनाएर जाऔं, सत्यतथ्य के हो दुवै मन्त्रालयलाई थाह हुन्छ भनेर आपूर्ति मन्त्रालयले प्रस्ताव राख्यो,’ मन्त्री मण्डलले भने, ‘राजस्व विभागले त्यति चासो दिएन।’

आपूर्ति मन्त्रालयको मातहतमा रहेको कानुनी व्यवस्थाअनुसार नै गरिएको अनुगमनप्रति अर्थमन्त्रालय वा अन्य कोहीले असन्तुष्ट हुनुपर्ने कारण नरहेको बताए। ‘आपूर्ति मन्त्रालयले कानुनअनुसार नै अनुगमन गरेको हो,’ मन्त्री मण्डलले भने, ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर अनुगमन गरेको होइन।’ राजधानीका विभिन्न पसल अनुगमनका क्रममा जनता र राज्यलाई ठगी गरेको पाइएकाले सिलबन्दी गरेको जानकारी दिँदै उनले राज्य र जनता ठग्नेलाई कालोबजारी ऐनअन्तर्गत हदैसम्मको कारबाही गरिने बताए।

अर्को प्रसंगमा मन्त्री मण्डलले आयल निगमका प्रमुख गोपाल खड्काले गरेको अनियमितताको विषयमा मन्त्रलायले आवश्यक अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्ने बताए। मन्त्रालयले प्रतिवेदन दिइनसकेको कारण अहिलेनै मन्त्री अनुसन्धानबाट भाग्यो भनेर आत्तिन नहुने बताउँदै मण्डलले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com