ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशालाई ६५ लाख दिने सरकारको निर्णय
प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार
फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्बिर ः हरिराम भेटुवाल / रासस
सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ ।
आजको मन्त्रिपरिषद्को बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकले दुग्ध विकास संस्थान ९डीडीसी० लाई सर्तसहित रु ६० करोड ऋण भुक्तानी दिने भएको निर्णय गरेको उहाँले बताउनुभयो । “चालु आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्ति गर्ने किसानलाई भुक्तानी गर्ने प्रयोजनार्थ र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि उक्त ऋण लगानी स्वीकृत गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।







