उत्तर कोरियाबारे राष्ट्रसंघले आवश्यक कारबाही थालोस– चीन


प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

बेइजिङ्, २२ भदौ । उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ ।

चिनियाँ विदेशमन्त्री याङ यीले भन्नुभयो– यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो समर्थन रहने छ ।

उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणपछि चीनले यो प्रतिक्रिया दिएको छ । चीनले पनि उक्त आणविक परीक्षणको विरोध गर्दै आएको छ ।

उहाँले भन्नुभयो– कोरियाली प्रायद्वीपमा नयाँ केही गरियोस र यस्तो आवश्यक कारबाहीमा चीनको समर्थन रहने छ । चीनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँको आशय वार्ता गर्नुपर्छ भन्नेमा थियो । पत्रकार सम्मेलनमा उहाँले अहिले बाहिर आएका नाकाबन्दी वा अन्य दबाबमूलक कार्यक्रमहरु त समस्या समाधानमा आधामात्र हो र अर्काे आधा भनेको उसँगको वार्ता नै हो ।

चीनलाई उत्तर कोरियाको एक सहयोगी देशका रुपमा पश्चिमाहरुले लिने गरेका छन् । उनीहरुको यस्तो प्रतिक्रिया आइरहदा चीनको पनि कोरियासँग वार्ता गर्नुपर्ने धारणा बाहिर आएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com