पोखरा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ ।
कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको पैmसलाअनुसार एक वर्ष दुई महिना १५ दिन कैद तोकिएका पोखरा लेखनाथ महानगरपालिका वडा नंं ५ का राजेन्द्र भट्टराईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सार्वजनिक अपराधमा संलग्न भई लुकीछिपी बसेका पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ लालीगुराँस टोल बस्ने ललित गुरुङ, लागुऔषध मुद्दाअन्तर्गत तीन महिला छ दिन कैद र पाँच हजार जरिवाना तोकिएका पोखरा–६ का विवेक तामाङ र चोरी मुद्दामा दुई दिन कैद र रु २० हजार ७५ बियो तोकिएका पोखरा–९ अभियुक्त शुभम गुरुङलाई पनि पक्राउ गरिएको हो । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।