यांगुन, २१ भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरुको आरोप छ ।
उनीहरुले उक्त अल्पसंख्यक जातिको मानवअधिकार हनन् भएकोले त्यसो नगर्न र उनीहरुलाई पनि आफ्नो समुदायमा सुरक्षित हिसाबमा बस्न दिन विश्वका मानवअधिकारवादीहरुले आग्रह गरेका हुन् ।
उक्त हिंसाका कारण यहाँबाट दशौँ हजार जना शरणार्थी छिमेकमा पर्ने देश बङ्गलादेश पुगेका छन् । सो देशमा म्यानमारबाट दैनिक हजारौँजसो नागरिक बाहिरिएको तथ्यांक हालैमात्र संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको थियो ।
म्यानमारमा गत अगस्तबाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।
तर उक्त समुदायका नागरिकमाथि सुरक्षाकर्मीहरुले पनि ज्यादति गरेको गुनासो बढिरहेका बेला विश्वमा अधिकारवादीहरुले चासो राखेका हुन् । उनीहरुको घर बस्तीमा आगो लगाइएको र कुटपिट गरिएको भन्दै सुरक्षाका लागि अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
उनीहरुले म्यानमारको अल्पसंख्यक उक्त रोहिङ्गा मुस्लिममाथि पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वमा प्रहरीको ज्यादती भएको पाइएको जनाएका छन् । यस कारण उनीहरु पनि बङ्गलादेश छिर्ने सीमामा बसेका छन् ।
अधिकारवादीहरुले उनीहरुको बस्ती जलाइएको र कतिपय अवस्थामा उनीहरुलाई घरबाट परिवारसहित लखेटिएको पाइएको उनीहरुको आरोप छ ।
संयुक्त राष्ट्रसंघले दिएको जानकारी अनुसार गत अगस्त २५ बाट सोमबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको सङ्ख्या करिब ९२ हजार पुगेको थियो । यो क्रम अहिले पनि जारी रहेको उनीहरुको भनाई छ ।
म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रम पनि बढेको हो ।
ज्यादती भएको छैन– सुकी
यसैबीच म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि सैनिक ज्यादती नभएको बताउनुभएको छ ।
उहाँले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गर्नुभएको छ । उहाँले यस्तो कुनै दुव्र्यबहार उनीहरुमाथि नभएको पनि स्पष्ट गर्नुभयो ।
उहाँले यी समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनैपनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि स्पष्ट गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
डुंगा डुब्दा पाँच बालबालिकाको मृत्यु
यसैबीच प्राप्त एक अर्काे समाचारअनुसार म्यानमारबाट बङ्गलादेशतर्फ जाने क्रममा बुधबार बिहान डुंगा डुब्दा कम्तीमा पनि पाँच जना बालबालिकाको ज्यान गएको समाचार छ ।
प्राप्त समाचारअनुसार म्यानमारबाबाट भागिरहेका रोहिङ्गा जातिका शरणार्थी बङ्गलादेश जाने क्रममा एउटा डुंगा डुबेको हो । त्यसमा रहेका यात्रुमध्ये पाँच जना बालबालिकाको ज्यान गएको हो ।
म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किदै गएका कारण यहाँबाट भागेर बङ्गलादेश जाने क्रम पनि बढेको हो ।
बुधबार पनि बिहानैदेखि रोहिङ्गाहरु नाफ नदि भएर बङ्गलादेशतर्फ भागेर जाने क्रम सुरु भएको छ । बुधबार बिहानैदेखि कैयौँ डुंगाले उनीहरुलाई बोकिरहेका छन् ।
यसबीचमा कैयौँ डुंगा डुबेका कारण दर्जनौँको ज्यान गइसकेको छ । नाफ नदि म्यानमार र बङ्गलादेशको सीमामा पर्दछ । त्यस क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको भनिए पनि दुर्घटनाहरु पनि भएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।