डोकलाम तनावपश्चात मोदी-सी को पहिलो भेट


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपींगबीच तीन महिना लामो सीमा विवादको अन्त्य भएको केही दिनपश्चात द्विपक्षीय वार्ता भएको छ।

चीनको बन्दरगाह शहर सियामनमा भएको ब्रिक्स सम्मेलनका बेला ती दुई नेताको भेट भएको हो।

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले प्रधानमन्त्री मोदीलाई “स्वस्थ्य र स्थिर” भारत-चीन सम्बन्ध आवश्यक भएको बताए।

ब्रिक्स सम्मेलनमा ध्यान दिनुपर्ने चार कुरा

यथास्थिति फेर्दै चीन: भारतीय सेनापति

भारत र चीनबीच तनाव किन ?

एक घण्टा भन्दा केही बढी चलेको कुराकानीका बेला राष्ट्रपति सी ले भारतसंगको द्विपक्षीय सम्बन्धलाई “सही मार्ग” मा ल्याउन आह्वान गरेको सिन्ह्वाले जनाएको छ।

प्रधानमन्त्री मोदीले उनलाई तीन दिने ब्रिक्स सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा बधाइ दिएका थिए।

भेटपछि गरिएको प्रेस ब्रिफिंगमा बोल्दै भारतीय विदेश सचिव एस जयशंकरले दुवै देश आपसी सम्मानका आधारमा अघि बढ्ने बताए।

“यस्ता घटना नदोहोरिन दिनका लागि अझ राम्रो सञ्चार र सहयोग हुनुपर्नेमा दुवै पक्षले सहमती जनाएका छन्,” जयशंकरले बताए।

ब्रिक्स सम्मेलनमा भाग लिन विश्वका गैर-पश्चिमा पाँच ठूला अर्थतन्त्र भएका देशका नेता आएका थिए। भारत र चीन बाहेक ब्रिक्सका अन्य सदस्य राष्ट्रमा ब्राजील, रुस र दक्षिण अफ्रिका रहेका छन्।

तीन दिने सम्मेलनको मुख्य एजेण्डा आर्थिक सम्बन्ध नै थियो। तर उत्तर कोरियाले गरेको परमाणु परीक्षण तथा चीन-भारतबीचको सीमा विवादबारे पनि छलफल भए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com