‘उत्तर कोरियाले युद्धका लागि ललकार्‍यो’


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठक उक्त विषयलाई लिएर अमेरिका र चीनबीच रहेको दुरी कम गर्न विफल भएको छ।

तर सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरुले उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणको निन्दा भने गरेका छन्।

बैठकमा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरिया विरुद्ध थप कडा कदम चालिनुपर्ने बताइन्।

प्योङयाङको साझेदार रहेको चीनले भने सबै पक्षलाई वार्तामा फर्कन पुन: आह्वान गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकता

संयुक्त राष्ट्रसंघ आफ्नो नाम अनुसार परिणाम दिन विफल भएको भन्ने रुपमा सुरक्षा परिषद्को बैठकका क्रममा देखिएको पछिल्लो विभाजनलाई लिन सकिन्छ।

सुरक्षा परिषद्तस्वीर कपीराइटAFP

सुरक्षा परिषद् उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई निन्दा गर्न एकमत भएर उभियो।

तर त्यसलाई लिएर कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्दा उक्त एकता समाप्त भइहाल्यो।

अमेरिकी राजदूत निक्की हेलीले प्योङयाङले युद्धका लागि ललकारिरहेको भन्दै सम्भव भएसम्मको कडा कूटनीतिक कारबाही गरिनुपर्ने अडान लिइन्।

उनले भनिन्, “परमाणु शक्ति सम्पन्न राष्ट्र हुनु भनेको ती घातक अस्त्रहरु प्रयोग गरेर अरुलाई तर्साउनु होइन्, परमाणु शक्ति राष्ट्रले आफ्नो जिम्वेवारी बुझेका हुन्छन्, किम जोङ उनले त्यस्तो जिम्मेवारी बुझेको देखिदैँन, जथाभावी क्षेप्यास्त्र र परमाणु अस्त्र प्रयोग गरेर उनले युद्धका लागि ललकारीरहेका छन्।”

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

‘हाइड्रोजन बम परीक्षण पूर्ण सफल’

दक्षिण कोरियाद्वारा ‘लाइभ-फायर’ अभ्यास

उनले आगामी हप्ता प्रस्तुत गर्ने गरी उत्तर कोरियामाथि लगाइने नयाँ प्रतिबन्धहरुको खाका अमेरिकाले तयार पारिरहेको जानकारी दिइन्।

विभाजन

अमेरिकाको धारणालाई जापान, दक्षिण कोरिया र संयुक्त अधिराज्यले समर्थन गरेका थिए।

तर रुसको समर्थन पाएको चीनले पुन: वार्तामा फर्कनुपर्ने भन्दै आफूले कोरियाली प्रायद्वीपमा अस्तव्यस्तताको अवस्था कहिल्यै आउन नदिने धारणा प्रस्तुत गरेको छ।

यो हप्ता न्यूयोर्कमा रहेका कूटनीतिज्ञहरुले उत्तर कोरियाली मामिलामा सुरक्षा परिषद् कसरी एकमत हुनसक्छ भनेर छलफल गर्नेछन्।

तर प्रारम्भिक संकेतले समझदारी अझै टाढा नै रहेको देखिन्छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com