पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा फसेका सवारीसाधन । शनिबारदेखि अवरुद्ध सडक आइतबार बिहान एकतर्फी सञ्चालनमा आए पनि सवारीसाधन फस्ने भएकाले वैकल्पिक रुपमा दमौलीको भोर्लेटार चोकबाट लमजुङको दुईपिप्ले हुँदै कास्कीको देउरालीको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बाढीले तराइँका क्षेत्र डुबानमा परेका छन् भने पहिरोले पहाडी क्षेत्रमा बितण्डा मच्चाएको छ । देशभरका अधिकांश मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध बनेका छन् ।
देशभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डाका केही तस्वीरहरु :
अविरल वर्षाले दाङको घोराही उपमहानगरपालिका -७ स्थित सौडियारमा डुबान भएको धान खेत। दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर वेपत्ता भएकाको आइतबार बिहान खोजी गरिँदै । पहिरोमा पुरिएर वेपत्ता एक महिलाको शव भेटिएको छ भने दुई जना वेपत्ता छन् ।नारायणी नदीमा आएको बाढीले शनिबार राती बगाएको भरतपुर महानगरपालिका ३ स्थित नगरवनस्थित झोलुङ्गेपुल । बाढीले नगरवन क्षेत्रको जमिन समेत कटान गरेको छ ।रुकुम पूर्वमा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग । अविरल वर्षाका कारण शनिबार बिहान रानीकोटस्थित सडकमा पहिरो झरेपछि सवारी साधन सञ्चालन हुनसकेको छैन ।तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा वर्षाका कारण सडक हिलाम्य भएपछि आइतबार बिहान फसेको गाडी । हिलोमा गाडी फसेपछि यो खण्ड अवरुद्ध भएको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गामी छाक्रामा पहिरोले क्षति पु¥याएको सामुदायिक भवन । वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको मैदान । शुक्रबारदेखि भएको निरन्तर वर्षाका कारण धनगढीका अधिकांश होचा भू—भाग जलमग्न भएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।