लोकसभा चुनावको भारतमा मतगणना जारी , प्रधानमन्त्री मोदीको गठबन्धनलाई सुरुवाती रुझानमा अग्रता


प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार

लोकसभा चुनावको भारतमा मतगणना सुरू भएको छ । मतगणना स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरू भएको हो । मतपरिणाम आजै सार्वजनिक हुनेछ । लोकसभा ५४३ मध्ये ५४२ सिटको मतगणना भइरहेको छ ।

प्रारम्भिक चरणमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको देखिएको छ ।

विभिन्न एक्जिट पोलहरूले भाजपा नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स एनडिए गठबन्धनले तेस्रो पटक चुनाव जित्ने प्रक्षेपण गरेको थियो ।

५४३ सदस्यीय लोक सभामा बहुमत पुर्याउन एनडिएलाई २७२ सिट चाहिन्छ । चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए ।

मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो ।

मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन् । सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्याउने अनुमान छ ।

भारतका एक्जिट पोलहरूले सन् २००४ र २००९ मा चुनावको ठीक प्रक्षेपण गर्न सकेका थिएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com