समुद्री सतह बढेपछि खतरामा परिरहेको माल्दिभ्सले किन बनाउन खोजिरहेको छ मानवनिर्मित नयाँ टापु ? चीन समर्थित राष्ट्रपतिले जुटाउन सक्लान त ५० करोड डलर


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

माल्दिभ्सले समुद्रको बढ्दो सतहसँग जुध्न अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

“माल्दिभ्स विश्वव्यापी उत्सर्जनको ० दशमलव ००३ प्रतिशत हिस्साका लागि मात्र जिम्मेवार छ, तर जलवायु सङ्कटको अस्तित्वको परिणाम भोग्ने सिमित देशमध्ये एक हो,” राष्ट्रपति मोहम्मद मुइज्जुले बेलायतको गार्जियन पत्रिकामा प्रकाशित लेखमा उल्लेख गर्नुभएको छ ।

उहाँले साना टापु तथा विकासोन्मुख राष्ट्र सिड्स को एक दशकको एक पटक हुने सम्मेलनको पूर्वसन्ध्यामा यस्तो टिप्पणी गर्नुभएको हो ।

ती राष्ट्रहरूमध्ये केही अत्यधिक विलासी पर्यटन गन्तव्यका रूपमा चिनिन्छन् तर समुद्रको बढ्दो सतहका कारण खतरामा परेका छन् । सिड्सले अति कम विकसित मुलुकले प्राप्त गर्ने रकमको करिब १४ प्रतिशत मात्र प्राप्त गर्ने गरेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईएमएफका अनुसार माल्दिभ्सको प्रतिव्यक्ति आय चिली, मेक्सिको, मलेसिया वा चीनको तुलनामा उच्च छ, तर मुइज्जुले कुल गार्हस्थ्य उत्पादनलाई मापकका रूपमा उल्लेख गर्नुभएको छ ।

मुइज्जुले आफ्नो देशलाई जलवायु परिवर्तनको प्रभाव कम गर्न करिब ५० करोड अमेरिकी डलर आवश्यक रहेको र पर्यटनमा निर्भर अर्थतन्त्र रहेको माल्दिभ्सले आफैंले रकम जुटाउन नसकेको बताउनुभएको छ ।

माल्दिभ्सका तत्कालीन राष्ट्रपति मौमून अब्दुल गयूमले समुद्रको सतह एक मिटर ९३ दशमलव ३ फिट ले वृद्धि भएमा एक हजार १९२ वटा स–साना कोरल टापुहरू डुब्ने बताएको पाँच वर्षपछि सन् १९९४ मा सिड्सको पहिलो बैठक भएको थियो ।

गयूमले सफलतापूर्वक समुद्री सतहबाट दुई मिटर माथि र आफ्नो भीडभाड भएको राजधानी मालेको दुई गुणा ठूलो कृत्रिम टापु निर्माणको काम सुरु गर्नुभएको थियो ।

गत सेप्टेम्बरमा निर्वाचित मुइज्जुले बढ्दो सामुद्रिक सतहसँग जुध्नका लागि ३० हजार आवासीय भवनहरू भएको ‘रस माले’ परियोजनासहितको ठूलो मानव निर्मित टापुको योजना सार्वजनिक गर्नुभएको छ ।

तर यो परियोजना पूर्वाधारको कामको रूपमा वर्गीकृत गरिएकाले जलवायु वित्तपोषणको लागि योग्य नमानिएको उहाँले दुखेसो पोख्नुभयो ।

मुइज्जुलाई बेइजिङ समर्थकका रूपमा हेरिएको छ र सरकारी अधिकारीहरूका अनुसार उहाँले सुरू गरेका अधिकांश निर्माण कार्य चिनियाँ फर्महरूले गर्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com