आईपीएलको फाइनलमा पुग्ने बैंग्लोरको सपना अधुरै, राजस्थान ४ विकेटले विजयी


प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार

आईपीएल एलिमिनेटरमा राजस्थान रोयल्स (आरआर) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ४ विकेटले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको छ ।

राजस्थानले अब क्वालिफायर– २ मा सनराइजर्स हैदरावादसँग मे २४ मा खेल्नेछ, उक्त खेल चेन्नईमा हुनेछ।

बुधबार अहमदाबादमा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो ।

रोभम्यान पावेलले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । खेलको प्लेयर अफ द म्याच आर अश्विन भए । उनले १९ रनमा २ विकेट लिए ।

आरसीबीका तर्फबाट रजत पाटीदारले ३४ र विराट कोहलीले ३३ रन बनाए । यो इनिङसँगै कोहलीले लिगमा ८ हजार रन पनि पूरा गरेका छन् । आवेश खानले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट हात पारे ।

आरआरका तर्फबाट यशस्वी जैसवालले सर्वाधिक ४५ रन बनाए । रायन पराग ३६ रन बनाएर आउट भए भने सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । मोहम्मद सिराजले २ विकेट लिए । क्यामरन ग्रीन, कर्ण शर्मा र लोकी फर्गुसनले एक एक विकेट लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com