नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ बर्षको उमेरमा मृत्यु


प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

टोकियो, १४ भदौ । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको समाचार छ ।

त्यस समयमा उनी हुलाकीको जागिरमा थिए । त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भएको समयमा पनि खबर पु¥याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइएको थियो ।

उनी एटम बमको आक्रमणमा परेका थिए । शरीरको दे्रब्रे भाग जलेको र पछि उपचारपछि बाँचेका उनले पछि पनि आफ्नो सोही पेसामा रहेर काम गरेका थिए ।

सन् १९४५ को अगष्ट ९ का दिन बिहान जापानी नगर नागासाकीमा अमेरिकालेबम हानेको थियो । त्यसको तीन दिनमात्र अघि जापानको हिरोसिमामा जापानले अर्को शक्तिशाली बम हानेको थियो ।

नागासाकीमा हानेको बम लागेर घाइते भएका ती सुमितेरु तानिगुचीको बुधबार ८८ बर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ ।

जापानको दक्षिणपश्चिमी एक अस्पतालमा उपचार गराइरहेका ती जापानी नागरिकको क्यान्सरको रोगबाट बुधबार निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।

पछि उनी जापानमा आणविक बम विरुद्धमा चेतना जगाउने काममा काम गरेका थिए । उनलाई एटमिक बमको हानीका विरुद्ध तथा शान्तिका लागि सञ्चालित अभियानका एक सशक्त अभियन्ताको रुपमा लिने गरिन्थ्यो ।

सोही कारण सुमितेरुलाई एक समयमा नोवेल शान्ति पुरस्कारको दाबेबारका रुपमा पनि निकै प्रचार गरिएको थियो । तर उनलाई सो पुरस्कार भने प्राप्त हुन सकेन ।

बम लागेपछि पनि उनी त्यहाँबाट करिब १।८ किलोमीटर परसम्म पुगेर साइकल चढेर पुगेका थिए । त्यसपछि अचेत भइ भूईमा लडेका उनलाई अस्पताल पु¥याइएको थियो ।

सन् २०१५ मा आयोजना गरिएको नागासाकी हमलाको बारेमा जानकारी दिन आयोजना गरिएको एक समारोहमा आफ्नो अनुभव उनले यसरी सुनाएका थिए ‘पछिबाट निकै तातो र कडा खालको धुवाँको मुस्लो आएको देखँे र यो के होला भन्दाभन्दै मलाई नै त्यो मुस्लोले डढायो ।’

सो कार्यक्रममा आफ्नो ७० बर्षभन्दा पुरानो अनुभव सुनाउँदै उनले भनेका थिए ‘म भूईमा लडेँे । पछि एकैछिनमा उठेर हेरेको मेरो शरीरको देब्रे भाग सबै जलेको थियो । कपडा पनि जलेका थिए । साहस गरेँ र साइकला चलाएरै म जानुपर्ने गन्तव्यमा पुगेँ । पछि त बेहोस भएर लडिछु अनि मलाई अस्पताल पु¥याएछन् ।’

उनको बुधबार निधन भएको खबर निहोन हादियान्को नामक एक संस्थाले गरेको छ । उक्त संस्था नागासाकीमा बम हमलाबाट घाइते भएर बाँचेका व्यक्तिहरुको उपचार र रेखदेखको लागि काम गरिरहेको संस्था हो ।

हिरोसिमा र नागासाकीमा भएको हमलामा परी साढे तीन लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै त्यसमा परी घाइते भएका लाखौँ व्यक्तिले उपचार पछि अङ्गभङ्ग भएर बाँचेका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com