पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी


प्रकाशित मिति : बैशाख २९, २०८१ शनिबार

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ ।

नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबीच वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले देशको स्थिरता र यसले सामना गर्ने चुनौतीको चिन्तालाई जोड दिएको छ ।

आइएमएफ स्टाफ रिपोर्टअनुसार नकारात्मक जोखिम उच्च छन् । नयाँ सरकारले एसबिए (स्ट्यान्डबाइ व्यवस्था) नीतिहरू जारी राख्ने सहानुभूति देखाएको भए पनि राजनीतिक अनिश्चितता महत्त्वपूर्ण रहेको छ ।

आइएमएफले नीति निर्माणमा गहिरो प्रभाव पार्ने जीवनयापनको उच्च लागत र अन्य राजनीतिक जटिलतालाई ध्यानमा राख्दै अघि बढ्नु पर्ने चेतावनी जारी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाह्य वित्तपोषणमा कमी आएसँगै नीतिगत गिरावटले ऋण दिगोपनतर्फको पाकिस्तानी प्रगतिलाई पछाडि हटाई विनिमय दरमा दबाब दिन सक्ने आइएमएफले चेतावनी दिएको छ ।

यसबाहेक, बाह्य स्थिरता वस्तुको उच्च मूल्य, ढुवानी अवरोध र कडा विश्वव्यापी वित्तीय अवस्थाजस्ता कारक खतरामा भएकाले राष्ट्रको वित्तीय चुनौतीलाई बढाउन सक्ने डन पत्रिकाले जनाएको छ ।

वर्तमान परिस्थितिलाई जोड दिँदै आइएमएफले कार्यक्रमपछिको बाह्य वित्तपोषणको समयमै वितरणको महत्त्वलाई जोड दिन्छ । पाकिस्तानले हालै तीन अर्ब डलरको कार्यक्रम सम्पन्न गरेको छ भने प्रधानमन्त्री शाहबाज सरिफले आर्थिक समस्यालाई सम्बोधन गर्न दीर्घकालीन व्यवस्थाको आवश्यकतालाई जोड दिनुभएको छ ।

गत वर्षको गर्मीमा डिफल्ट हुन मुस्किलले बचेपछि त्यसयता पाकिस्तानको अर्थतन्त्र स्थिर भएको छ र मुद्रास्फीति मेमा ३८ प्रतिशतको उच्च रेकढर्डबाट अप्रिलमा करिब १७ प्रतिशतमा झरेको छ । यद्यपि, उच्च वित्तीय स्थिरताले गर्दा चुनौती जारी छन् । यो गत वर्षको नकारात्मक वृद्धिको तुलनामा यस वर्ष करिब दुई प्रतिशत कमी हुने अनुमान गरिएको छ ।

चुनौतीलाई सम्बोधन गर्न पाकिस्तानले आइएमएफबाट कम्तिमा छ अर्ब डलर मागसहित लचिलोपन र स्थिरता ट्रस्टअन्तर्गत कोषबाट थप वित्तपोषणको अनुरोध गर्ने अपेक्षा गरिएको डनले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com